Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • कानुनमन्त्री गिरीले भने – भ्रष्टाचार अन्त्य गर्न सबैले खरो रूपमा उत्रिनुपर्छ

    कानुनमन्त्री गिरीले भने – भ्रष्टाचार अन्त्य गर्न सबैले खरो रूपमा उत्रिनुपर्छ

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 249
    SHARES

    पोखरा। कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले भ्रष्टाचार अन्त्य गर्न सबैले खरो रूपमा उत्रनुपर्ने बताएका छन् ।

    प्रेस चौतारी नेपालले पोखरामा गरेको कार्यक्रममा बोल्दै कानुनमन्त्री गिरीले यस्तो बताएका हुन् । कानुनमन्त्री गिरीले अर्थतन्त्र चलायमान बनाउन, सुशासन कायम गर्न र विकास निर्माण गर्न सरकारको ध्यान केन्द्रित रहेको बताए ।



    आउँदो नयाँ वर्षदेखि सबै नेपालीलाई देशको अर्थतन्त्र सुदृढ बनाउने काममा खटिन पनि उनले आह्वान गरे ।



    कानुनमन्त्री गिरीले भने, ‘भ्रष्टाचार अन्त्य गर्न खरो रूपमा उत्रनुपर्छ । यो सरकारले सुशासन र समृद्धिमा केन्द्रित हुन्छ । नयाँ वर्षमा सबै नेपाली देशको अर्थतन्त्र बनाउने काममा जुट्नुपर्ने जरूरी छ ।’

    जनताका निराशा चिर्न नयाँ गठबन्धन बनेको बताउँदै उनले सरकारको मुख्य ध्यान अर्थतन्त्रलाई चलायमान बनाउने, विकास निर्माण र सामाजिक सुधारका पक्षमा काम गर्नेमा रहेको बताए ।

    संविधान कार्यान्वयनका लागि १८२ वटा कानुन बनाउन अझै बाँकी रहेको र त्यसमध्ये ६१ वटा कानुनलाई पहिलो चरणमा बनाउने गरी सरकारले तयारी गरिरहेको उनले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार