Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • राजनीतिक अस्थिरताले सदनबाट विधेयक पास नभएको कानुनमन्त्री गिरीको दाबी

    राजनीतिक अस्थिरताले सदनबाट विधेयक पास नभएको कानुनमन्त्री गिरीको दाबी

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 240
    SHARES

    पर्वत । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले कतिपय विधेयकहरु राजनैतिक अस्थिरताका कारण सदनबाट पास हुन नसकेको बताएका छन्।

    पर्वतको दक्षिणी क्षेत्रको गिरीपैयू गाउँपालिका स्थानीयसँग भएको भेटघाटमा बोल्दै कानुनमन्त्री गिरीले यस्तो बताएका हुन् ।



    उनले देशमा स्थिर सरकारको आवश्यकता औँल्याए।कानुनमन्त्री गिरीले संघीय निजामति ऐन र शिक्षा ऐन छलफलको चरणमा रहेको भन्दै ऐनहरू छिट्टै जारी हुने विश्वास दिलाए ।



    उनले प्रतिपक्षले कानुन निर्माणमा सरकारलाई असहयोग गर्न नहुने उल्लेख गर्दै कानुन निर्माणमा सबै पक्षको सहयोग हुनुपर्ने धारणा राखे ।

    कानुनी साक्षरता गाउँ गाउँमा लैजानुपर्नेमा जोड दिँदै उनले कानुन अज्ञानता क्षम्य नहुने बताए । कानुनी अज्ञानताका कारण धेरैले दुःख पाएको समेत कानुनमन्त्री गिरीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार