Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • कांग्रेसलाई लक्षित गर्दै कानुनमन्त्री गिरीले भने – सहकारीको हिसाब संसदीय समितिले मिलाउने हाेइन

    कांग्रेसलाई लक्षित गर्दै कानुनमन्त्री गिरीले भने – सहकारीको हिसाब संसदीय समितिले मिलाउने हाेइन

    अनलाइन नेपाल
  • सोमबार, २६ चैत्र २०८०
  • 324
    SHARES

    पोखरा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीका दोषीलाई कारबाही गर्न राज्यका निकायलाई छाड्नुपर्ने बताएका छन्।

    प्रेस चौतारी कास्कीद्वारा पोखरामा आयोजित कार्यक्रममा बोल्दै कानुनमन्त्री गिरीले यस्तो बताएका हुन् । उनले सहकारीका दोषीलाई कारबाही गरी सम्पूर्ण बचतकर्ताको रकम जस्ताको तस्तै उनीहरुलाई फिर्ता दिनुपर्ने बताए।



    कानुनमन्त्री गिरीले भने, ‘संसदीय छानबिन समिति सहकारीको हिसाब किताब मिलाउन हिँड्ने हैन, त्यो अधिकार राज्यका अन्य निकायलाई छाडौँ । सहकारीका दोषीलाई कारबाही गरी सम्पूर्ण बचतकर्ताको रकम जस्ताको तस्तै उनीहरुलाई फिर्ता दिनुपर्छ।’



    वर्तमान समयमा सहकारी संस्थामा देखापरेको बचतकर्ताको पैसा अपचलनका बारेमा संसद्मा नेपाली कांग्रेसका सांसदहरुले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेपछि उनले समितिले सहकारीको हिसाब किताब मिलाउन हिँड्ने नभएको बताए।

    नयाँ सत्ता समीकरण बनेर रवि लामिछाने गृहमन्त्री भएसँगै कांग्रेसले निरन्तर उनीमाथि प्रश्न उठाउँदै आएको छ। सत्तारुढ दलले भने कांग्रेसको माग अनुसार संसदीय छानबिन समिति गठन नहुने धारणा राख्दै आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार