Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एमालेका प्रमुख सचेतक गिरीले भने – सरकार भ्रष्टाचारीलाई जोगाएर स्टन्टबाजीमा लाग्यो !

    एमालेका प्रमुख सचेतक गिरीले भने – सरकार भ्रष्टाचारीलाई जोगाएर स्टन्टबाजीमा लाग्यो !

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 360
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारबाट विश्वास गर्ने ठाउँ नरहेको बताएका छन् ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद गिरीले यस्तो बताएका हुन् । सांसद गिरीले सरकारले भ्रष्टाचारीहरूको संरक्षण गरेको आरोप लगाएका छन्।



    प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकार स्टन्टबाजीमा लागेको टिप्पणी गरे ।



    सांसद गिरीले भने,’सरकार भ्रष्टाचारीहरूको संरक्षण गर्नमा लागेको छ । एकपछि अर्को ठूला ठूला भ्रष्टाचारका काण्डहरू आइरहेछन् सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने बहनामा स्टन्टबाजी गर्छ । तर, कुनै पनि भ्रष्टाचारीलाई कानूनको दायरामा ल्याउने इच्छाशक्ति साथ काम गरेको छैन ।’

    पार्टीको अभियानमा जनताको सरकार भएको अनुभूति गर्न नपाएको भन्दै थुप्रै गुनासो राखेको सुनाए। यो सरकारप्रति जनताले आशा राख्ने ठाउँ कहीँ नभएको सांसद गिरीको भनाइ छ।

    सरकारले संविधान कार्यान्वयन गर्ने कानुन नल्याएको, सुशासनको पहल नगरेको पनि गिरीको भनाइ थियो ।

    सांसद गिरीले संसद्को अघिल्लो अधिवेशनमा एउटा मात्रै कानुन पास हुनुमा सरकारको कमजोरी रहेको बताए ।

    उनले सरकार गैरजिम्मेवार हुँदा कानुन निर्माण हुन नसकेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार