Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आजदेखि संसद् खुल्छ : पदम गिरी

    आजदेखि संसद् खुल्छ : पदम गिरी

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 567
    SHARES

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेत पदम गिरीले अब सदन खुल्ने बताएका छन् ।

    बुधबार सिहंदरवारमा राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकले सुन तस्करीबारे २ बुँदे सहमति गरेसँगै उनले संसद समेत खुलाउने निर्णय बताएका हुन् ।



    ‘अब आजबाट संसद खुल्छ’, उनले भने, ‘तस्करीको सुन छानबिनबारे आयोग बनाउन हामीले धेरै ठुलो मेहनत गर्नुपर्यो ।’



    दलहरुबीच आगामी असोज ५ गते उच्चस्तरीय आयोग गठन गर्ने र सोही दिनबाट आयोगले काम थाल्ने गरी सहमति भएको हो । सदनमा गत साउन १० गतेदेखि अवरोध हुँदै आएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार