Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कानुन व्यवसायीसहित कांग्रेस संसदीय कार्यसम्पादन समितिको बैठक जारी

    कानुन व्यवसायीसहित कांग्रेस संसदीय कार्यसम्पादन समितिको बैठक जारी

    अनलाइन नेपाल
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 570
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले विपक्षी दलको नेताबारे कानुन व्यवसायीहरुसँग छलफल गरिरहेका छन् ।

    प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कांग्रेस संसदीय दलका नेतालाई विपक्षी दलको नेता बनाउन नहुने माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ मागिएको छ ।



    सर्वोच्चमा लिखित जवाफ पठाउनुअघि कांग्रेस शीर्ष नेताहरु कानुनी परामर्शमा जुटेका हुन् । कांग्रेसले कानुन व्यवसायीको रायानुसार जवाफ पेस गर्ने गर्दैछ ।



    संसदीय दलको कार्यालय, सिंहरदबारमा भइरहेको छलफलमा वरिष्ठ अधिवक्ता शम्भु थापा, शेरबहादुर केसी, रमन श्रेष्ठ, हरिहर दाहाल, खम्बबहादुर खाती लगायत छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार