Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • करिब ७२ जनाको सुरक्षा घेरामा एसईईको प्रश्नपत्र छपाइ शुरू

    करिब ७२ जनाको सुरक्षा घेरामा एसईईको प्रश्नपत्र छपाइ शुरू

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 612
    SHARES

    काठमाडौं । यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइ शुरू भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठसहितको टोली शनिबार जनक शिक्षा सामग्री पुगेको थियो। त्यसलगत्तै हिजो आइतबारबाट प्रश्नपत्र छपाइ शुरू भएको हो ।



    नेपाली सेनासहित तीन सुरक्षा निकायको घेराभित्र प्रश्नपत्र छपाई भइरहेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवक्ता चित्रकुमार आचार्यले करिब ७२ जनाको सुरक्षा घेरामा प्रश्नपत्र छाप्न थालिएको जानकारी दिए ।



    सुरक्षाको कमान्ड नेपाली सेनाका सेनानीले गरेका छन्। भित्री घेरामा नेपाली सेना, त्यसपछि सशस्त्र र सबैभन्दा बाहिरी घेरामा नेपाल प्रहरीको टोली परिचालित छन् ।

    केन्द्रका करिब ५० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन्। यो वर्ष ५ लाख १६ हजार विद्यार्थीका लागि प्रश्नपत्र छपाइ भइरहेको छ । परीक्षामा २ लाख ६० हजार छात्र र २ लाख ५६ हजार छात्रा सहभगी हुनेछन् । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार