Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रपति चुनावबारे निर्णय लिन राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

    राष्ट्रपति चुनावबारे निर्णय लिन राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 579
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राष्ट्रपति निर्वाचनमा भाग लिने कि बहिष्कार गर्ने भन्ने विषयमा निर्णय लिन बैठक बोलाएको हो ।

    राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन तथा समसामयिक राजनीतिका विषयमा छलफल गर्नका लागि पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको राप्रपाले बतायो ।



    केन्द्रीय कार्यसम्पादन समितिको बैठक राष्ट्रपति मनोनयनको एक दिन अघि शुक्रबार दिउँसो साढे १२ बजे बस्ने तय भएको हो । सरकारमा पनि सहभागी राप्रपाका नेताहरूले राष्ट्रपति निर्वाचनमा भाग लिनुपर्ने र बहिष्कार गर्नुपर्ने धारणा राख्दै आएका छन् ।



    राष्ट्रपतिका लागि फागुन १३ मा मनोनयनका लागि निर्वाचन आयोगले मिति तय गरेको छ ।

    राष्ट्रपतिको निर्वाचनमा एमालेले उठाएको उम्मेदवारलाई समर्थन गर्ने कि कांग्रेसले उठाएको उम्मेदवारलाई भन्ने निर्क्यौल पनि कार्यसम्पादन समितिले नै लगाउने छ । राप्रपाका केही पदाधिकारी र सांसदहरूले नै राष्ट्रपति निर्वाचन बहिष्कार गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार