Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • फाइजरको तीन लाख ४५ हजार डोज खोप काठमाडौंं आइपुग्यो

    फाइजरको तीन लाख ४५ हजार डोज खोप काठमाडौंं आइपुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 570
    SHARES

    काठमाडौं । कोभिड–१९ विरुद्धको तीन लाख ४५ हजार डोज फाइजर खोप नेपाल आइपुगेको छ ।

    कोभ्याक्स सुविधामार्फत उपलब्ध गराइएको १५ लाख डोजमध्ये सो खोप बिहीबार बिहान कतार एयरमार्फत काठमाडौं ल्याइएको हो ।



    यही फागुन १ देखि ८ गतेसम्म तीन चरणमा सोही खोप ल्याइएको थियो । आज समेत गरी साढे १३ लाखभन्दा बढी डोज सो खोप काठमाडौं आइपुगेको छ । फागुन १५ गते बाँकी खोप ल्याइने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।



    १२ वर्षमाथिका दुई डोज खोप पूरा गरेका नागरिकलाई ‘बुस्टर’का रूपमा दिन लागिएको सो खोप ‘वाइभ्यालेन्ट’ले ओमिक्रोन र यसका सब भेरियन्टहरूविरुद्ध पनि काम गर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार