Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • टर्कीमा पुनः ५.६ म्याग्निच्युडको भूकम्प, एक जनाको मृत्यु

    टर्कीमा पुनः ५.६ म्याग्निच्युडको भूकम्प, एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 768
    SHARES

    एजेन्सी । पूर्वी टर्कीमा सोमबार आएको ५.६ म्याग्निच्युडको भूकम्पमा परी एकजनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् ।

    तीन हप्ताअघि आएको विनाशकारी भूकम्पमा परी ४४ हजारभन्दा बढी मानिसको ज्यान गएको टर्कीले शोकबाट नबौरिदै फेरि अर्को धक्का ब्यहोरेको छ ।



    भूकम्पको केन्द्रविन्दु मलात्या प्रान्तको येसिल्युर्ट जिल्लामा रहेको थियो जहाँ यसअघि नै फेब्रुअरी ६ मा शक्तिशाली भूकम्प गएको थियो ।



    यसअघिको भूकम्पबाट क्षतिग्रस्त भएका २५ वटा भवन सोमबारको भूकम्पले ध्वस्त भएको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरण (एएफएडी) ले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार