Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • एसईईमा एक हजार ६ सय परीक्षार्थी थपिए

    एसईईमा एक हजार ६ सय परीक्षार्थी थपिए

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 441
    SHARES

    काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनेको संख्या गत वर्षको भन्दा १ हजार ६ सय २२ ले बढेको भए तापनि चारवटा प्रदेशमा भने विद्यार्थी संख्या घटेको छ । ती चारवटा प्रदेशमा प्रदेश–१, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

    गत वर्ष प्रदेश–१ मा ८८ हजार ३२ जना परीक्षार्थी थिए । यो वर्ष करिब ३ हजार विद्यार्थी घटेका छन् । प्रदेश–१ मा यो वर्ष ८५ हजार ७ सय ४३ जना सहभागी हुँदैछन् । बागमतीमा परीक्षार्थीको संख्या १ लाख १० हजारबाट घटेर १ लाख ६ हजार ९ सय ५९ पुगेको छ ।



    गण्डकीमा गत वर्ष ४७ हजार ३ सय ४५ जनाले परीक्षा दिएकोमा यो परीक्षार्थीको संख्या घटेर ४६ हजार ७ सय ३७ मा झरेको छ । सुदूरपश्चिममा ५९ हजारबाट घटेर ५८ हजार ९ सय ७ झरेको छ ।



    मधेश, कर्णाली र लुम्बिनी प्रदेशमा भने विद्यार्थी संख्या बढेको छ । मधेशमा करिब ३ हजार, कर्णालीमा करिब २ हजार ५ सय र लुम्बिनीमा २ हजार ५ सय वृद्धि भएको छ ।

    मधेश प्रदेशमा गतवर्ष ८१ हजार ७ सय ४३ जनाले परीक्षा दिएकोमा यो वर्ष परीक्षार्थीको संख्या ८४ हजार ७२ पुगेको छ । कर्णालीमा ३८ हजार ९ सय ११ बाट बढेर ४१ हजार ३ सय २९ र लुम्बिनीमा ८९ हजार ६ सय ४५ बाट वृद्धि भएर ४१ हजार ३ सय २९ पुगेको छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार