Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • रामचन्द्रलाई राष्ट्रपतिमा जिताउन काेशी प्रदेशका सांसदलाई विशेष अभिमुखीकरण

    रामचन्द्रलाई राष्ट्रपतिमा जिताउन काेशी प्रदेशका सांसदलाई विशेष अभिमुखीकरण

    अनलाइन नेपाल
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 408
    SHARES

    विराटनगर । केन्द्रमा रहेका आठ दलले राष्ट्रपतिको साझा उम्मेदवार बनाएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन काेशी प्रदेशका सांसदलाई  शुक्रबार अभिमुखीकरण गरिएको छ ।

    अभिमुखीकरण कार्यक्रममा काेशी प्रदेशको प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलका सांसदको उपस्थिति छ ।



    यही फागुन २५ गते हुने निर्वाचनमा पूर्व सभामुख पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरू समेत रहेको ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको छ।



    यसअघि आठ दलले संघीय राजधानी काठमाडौंमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदका लागि शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरेको थियो।

    यही फागुन २५ गते हुने निर्वाचनका लागि एमालेका तर्फबाट भने उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार