Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • गोकुल बास्कोटा भन्छन् – देउवा सत्य, प्रचण्ड भ्रम

    गोकुल बास्कोटा भन्छन् – देउवा सत्य, प्रचण्ड भ्रम

    अनलाइन नेपाल
  • शनिबार, २० फाल्गुन २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भन्दा कांग्रेसका सभापति शेरबहादुर देउवा तुलनात्मकरूपमा जनमत रहेको भन्दै देउवा सत्य र प्रचण्ड भ्रम भएको बताएका छन् ।

    शुक्रबार राति ट्वीट गर्दै बास्कोटाले सो कुरा बताएका हुन् । साथै उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘रामलाई पुज्न, खराउ नपुज्न’ सुझाव दिए ।



    थापाले यसअघि दिएको अभिव्यक्तिप्रति लक्ष्य गरी बास्कोटाले भनेका छन्, ‘गगनले भन्याथे–कांग्रेसलाई आफ्नै खुट्टामा उभिने बनाउन मेरो महामन्त्रीमा उम्मेदवारी । तर आज उनी प्रचण्डको पाउमा तेल घस्दैछन् ।’



    ‘गगनले भन्याथे’कांग्रेसलाई आफ्नै खुट्टामा उभिने बनाउन मेरो महामन्त्रीमा उमेदवारी । तर आज उनी प्रचण्डको पाउमा तेल घस्दैछन । रामचन्द्र हराऊ,सुवास जिताऊ । प्रचण्ड होईन,देउवालाई तुलनात्मक जनमत प्राप्त छ । चकचकेको कचकच बन्द हुनै पर्छ । राम पुज्ने हो, खराऊ पुज्नु भ्रम,देउवा सत्य प्रचण्ड भ्रम,’ उनले ट्वीटरमा उल्लेख गरेका छन् ।

    बास्कोटाले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई हराएर सुवासचन्द्र नेम्वाङलाई जिताउनसमेत अपिल गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार