Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फेवातालमा डुंगा पल्टिँदा घाइते भएकी वृद्धाको मृत्यु

    फेवातालमा डुंगा पल्टिँदा घाइते भएकी वृद्धाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २० फाल्गुन २०७९
  • 459
    SHARES

    फाइल तस्विर

    कास्की । शनिबार दिउँसो हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको छ । पोखरा १ बगरकी ७० वर्षीया याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको छ ।

    शनिबार साढे ४ बजेतिर चलेको हावाहुरीले गर्दा उनी चढेको डुङ्गा पल्टिएपछि सशस्त्र प्रहरीको टोलीले उनको उद्धार गरेको थियो ।



    घाइतेको उद्धारपछि उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको र उपचारकै क्रममा ज्यान गएको कास्कीले जनाएको छ ।



    आजै फेवातालमा हावाहुरीले गर्दा अर्को एउटा डुङ्गा पनि पल्टिएको थियो । दुईवटा डुंगामा ६ जना सवार थिए । डुंगा घोप्टिएसँगै तालमा डुबेका १० जनाकै फेवातालमै रहेको सशस्त्र प्रहरीको रेस्क्यु टावरमा रहेका गोताखोर सहितको टोलीले उद्धार गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार