Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फेवाताल किनारका ४९३ संरचना अवैध ठहर, सबै संरचना भत्काउन आदेश

    फेवाताल किनारका ४९३ संरचना अवैध ठहर, सबै संरचना भत्काउन आदेश

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सर्वोच्च अदालतले फेवालगायत तालहरुका किनार वरपरका बनेका अवैध संरचना भत्काउन पनि सर्वोच्चले संघीय सरकार, पोखरा महानगर र सरोकारवाला निकायहरुलाई आदेश दिएको छ ।

    साथै फेवातालसहित पोखराका ताल तलैयाहरुको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय पनि खारेज गरिदिएको हो ।



    खगेन्द्र सुवेदीले हालेको रिटमा अन्तिम फैसला गर्दै सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र हरि फुयाँलको इजलासले फेवाताल किनारमा निर्माण भएका अवैध संरचना खाली गर्न आदेश दिएको हो ।



    सर्वोच्चले फेवातालको जलाधार क्षेत्रमा निर्माणमा भएका अन्य संरचनाहरु पनि भत्काउन आदेश दिएको छ । फैसलाले फेवा किनारका ४ सय ९३ वटा संरचना अवैध ठहर गर्दै ती संरचनाहरु तत्काल भत्काउन समेत आदेश दिएको हो ।

    आदेशसंगै फेवाताल किनारदेखि ६५ मिटरसम्म एक हजार दुइ सय रोपनी जग्गाा अतिक्रमण गरी बनाईएका कम्तीमा ४ सय ९३ स्थायी तथा अस्थायी संरचना भत्काउनु पर्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार