Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • फेवातालमा डुंगा दुर्घटना, पाँच जनाको सकुशल उद्धार

    फेवातालमा डुंगा दुर्घटना, पाँच जनाको सकुशल उद्धार

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 699
    SHARES

    कास्की। फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

    पोखरा महानगरपालिका-६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेको हो ।



    अचानक आएको हावाहुरीको कारण डबल व्याडल बोर्डमा बोटिङ गरिरहेका काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षीय विक्रम मिकरानी, २६ वर्षीया आशिफा भानु, ५४ वर्षीया अनैजा दिल शाह, ८ वर्षीया रजिना खातुन र करिब डेढ वर्षीया मिरा रानी फेवाताल नजिकै रहेको माछापालन केन्द्रको जालमा अड्किएका सशस्त्र प्रहरीले जनाएको छ ।



    कास्की फेवाताल रेस्क्यु वाच टावरमा खटिएका विपद् व्यवस्थापनको टोलीले उनीहरूलाई सकुशल उद्धार गरेको हो ।

    उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार