Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आज तराईमा होली मनाइँदै, सार्वजनिक बिदा

    आज तराईमा होली मनाइँदै, सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 660
    SHARES

    काठमाडौं । हिमाली तथा पहाडी क्षेत्रमा सोमबार मनाइएको होली देशको तराई–मधेस क्षेत्रमा आज मनाइँदैछ । पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व तराई–मधेसमा भने प्रतिपदाका दिन मनाउने परम्परा छ ।

    वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश बोकेको फागु पर्व परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने प्राचीन परम्परा छ।



    शक्तिको दुरुपयोग गर्ने प्रवृतिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ ।



    होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ । होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रंगिएर उल्लासपूर्वक वातावरणमा नाचगान, रमाइलो गर्ने प्रचलन छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार