Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मिथिलाञ्चलमा विधिवत् होली सुरु

    मिथिलाञ्चलमा विधिवत् होली सुरु

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 357
    SHARES

    फाइल तस्विर

    महोत्तरी । मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ ।

    संसारकै लामो यात्रा मानिएको १५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत आज बिहान महोत्तरीको कञ्चनवनमा साधु, सन्त, महात्माले भगवान् रामचन्द्र र सीता माताको प्रतिमामा रङ, अबिर हालेपछि सम्पूर्ण मिथिलाञ्चलमा विधिवत् रूपमा होली प्रारम्भ भएको हो ।



    आज बिहान भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिमा रङ र अबिर लगाइयो भने परिक्रमामा सहभागी सयौँ साधुसन्त र परिक्रमा यात्रीले एकापसमा रङ अबिर दलेका थिए ।



    होलीको विधिवत् प्रारम्भसँगै प्रत्येक वर्षझै यस वर्ष पनि आजै बेलुकादेखि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत गाउँने, नाचगान गर्ने, हाँसो ठट्टा र व्यङ्गात्मक कविता वाचन गरिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार