Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • आज हिमाली तथा पहाडी जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाइँदै

    आज हिमाली तथा पहाडी जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाइँदै

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 396
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ ।

    वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।



    यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् ।



    फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराई–मधेशमा भने सोमवार होली परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार