Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मिथिलामा तीन दिन होली

    मिथिलामा तीन दिन होली

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 594
    SHARES

    फाइल तस्विर

    महोत्तरी । मध्यपूर्वी तराईमा तीन दिन ‘होरी’ (होली/फागु) पर्व मनाइँदै छ ।

    मिथिला क्षेत्रमा फागुन पूर्णिमाका दिन मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर होलिका दहनको धुरा उडाएपछि (राक्षसी प्रवृत्तिकी प्रतीक मानिने होलिका राक्षसीको आकृति डढाएको खरानी उडाउने विधि) भोलिपल्ट होरी मनाइने परम्पराअनुसार आज पर्व मनाइँदै गरिएको हो ।



    होरी अर्थात फागुपर्व बारको आधारमा नभई तिथि र अन्तरगृह परिक्रमालाई आधार मानेर मनाइने भएको हुँदा यो पर्व आजै चैत कृष्ण प्रतिपदाका दिन मनाइन पर्ने साधु परम्पराका अनुयायीहरूको मत छ ।



    “मध्यमा परिक्रमा जनकपुरको रङभूमि मैदानमा जम्मा भएकै दिन राति होलिका दहन गर्ने, भोलिपल्ट पूर्णिमाका दिन अन्तरगृह परिक्रमासँगै धुरा उडाउने र चैत कृष्ण प्रतिपदाका दिन पर्व मनाउने परम्परा छ,” महोत्तरीको भंगाहा–५, सीतापुरस्थित रामजानकी मठका साधु रामदास वैष्णवले भने, “यसमा बारको भूमिका हुँदैन । त्यसैले मिथिला परम्पराको होरी आज नै हो ।”

    चैत कृष्ण प्रतिपदाकै दिन होरी मनाउने परम्परा भए पनि आज खरो मानिने भएकाले भोलि होरी मनाउने तयारीमा रहेका यहाँ धेरै छन् । यसपालि पूर्णिमा तिथिको भोग पनि दुई दिन देखिएको छ । सोमबार दिउँसो पूर्णिमा लागेर आज अबेर दिउँसोसम्म यो तिथिको भोग रहने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का महेशकुमार झाले बताए । “हिजो करिब २२ घडी र आज करिब ३० घडी पूर्णिमाको भोग छ,” उनले भने ।

    महोत्तरीको जलेश्वर, रामगोपालपुर, बलवासहितका नगरक्षेत्रमा भोलि बुधबार होरीको तयारी देखिन्छ ।

    आआफ्ना सुविधा र मान्यताअनुसार तीन दिन होरी मनाइँदै गरिए पनि यसपालि होरी शान्त नै देखिएको छ । बस्तीका घरघर र सडक, गल्लीसम्म एकार्कोलाई लघार्दै लोला हान्ने, भीड जम्मा हुने र रङ प्रयोगमा कमी देखिएपछि होरी शान्त देखिएको हो ।

    मधेस प्रदेशभित्रका आठै जिल्लामा स्थानीय ९जिल्ला० प्रशासनले भीडभाड नगर्न, भीडभाडमा नजान, रङ र लोला नहान्न सार्वजनिक सूचना नै जारी गरेर अपिल गरेका छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार