Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नेपाल एयरलाइन्सका दुई महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान

    नेपाल एयरलाइन्सका दुई महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 732
    SHARES

    काठमाडौं । नेपाल वायुसेवा निगमको एउटा जहाज बुधबार सबैजना महिला चालक दलका सदस्यले उडाएका छन्।

    एयरलाइन्सको आजको दुबई-काठमाडौं रुटमा ए-३२० जहाज पाइलट भावना पन्त र को-पाइलट सृजना रावतले जहाज उडाएका हुन् ।



    एयरहोस्टेस समेत सबै महिला राखेसँगै यो उडानको सम्पूर्ण जिम्मेवारी महिलाले सम्हालेका छन् । एयरहोस्टेसहरुमा बास्ना राना, पुरअन्जक महर्जन, संगीता केसी र अनिशा प्रजापति रहेका छन्।



    यो टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए ।

    बुधबार ८ मार्च अर्थात अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा एयरबस सबै महिला चालक दलका सदस्यबाट उडाउने निर्णय लिएको थियो। दुई दिन अगाडि चालक दलको यसै जोडीले यो जहाज दुबई लगेको थियो । जुन आफैंमा इतिहास थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार