Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अमेरिकाबाट फेरि आयो झण्डै ७ किलो गाँजासहितको पार्सल, तीन जना पक्राउ

    अमेरिकाबाट फेरि आयो झण्डै ७ किलो गाँजासहितको पार्सल, तीन जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 582
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले ६ केजी ९ सय ग्राम गाँजासहित ३ जनालाई पक्राउ गरेको छ।

    अमेरिकाको लस एज्जलसबाट दुबई हुँदै काठमाडौं ल्याइएको होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटमको पार्सलमा लुकाएर पठाएको गाँजा प्रहरीले बरामद गरेको हो ।



    उक्त पार्सल बुझ्न आउने भारत गुजरातका ३० वर्षका निमेश अशोकभाइ दयानी र सर्लाहीको हरिहरपुर नगरपालिका-३ का फैज आलमलाई पक्राउ गरिएको ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले बताए ।



    प्रहरीले भारतीय नागरिक निमेशको साथबाट १ लाख ४० हजार भारु र सर्लाहीका फैज आलमको साथबाट ८० हजार रुपैयाँ पनि बरामद गरेको छ ।

    त्यस्तै अमेरिकाको क्यालिफोर्नियाबाट दुबई हुँदै आएको होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटम उल्लेख गरेको पार्सलमा पनि प्रहरीले २.४ किलोग्राम गाँजा भेटेको छ ।

    उक्त पार्सल रिसिभ गर्ने व्यक्ति गोरखाको गण्डकी गाउँपालिका- ४ का २३ वर्षका रुपक अर्याललाई पक्राउ गरिएको ब्यूरोका सूचना अधिकारी जोशीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार