Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • एकान्तकुनास्थित यातायात कार्यालय बिहान ८ बजे नै खोल्‍ने तयारी

    एकान्तकुनास्थित यातायात कार्यालय बिहान ८ बजे नै खोल्‍ने तयारी

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 654
    SHARES

    काठमाडौं । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारी गरेको छ।

    कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाममा हुने गरेकाले भीडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाइएको हो ।



    बिहान ८ बजेदेखि खुल्दा सेवाग्राही लाइनमा बस्नु नपर्ने र उनीहरुले थोरै समयमा काम गरिसक्ने कार्यालयले जनाएको छ ।



    बिहानदेखि सेवा सुरु गर्नेबारे अहिले छलफल भइरहेको कार्यालयले जनाएको छ । सेवा प्रवाह कार्यालय समयमा हुने भए पनि सेवाग्राही बिहान छ बजेदेखि लाममा बस्ने गरेको छ ।

    कार्यालयले दैनिक तीनदेखि साढे तीन सय टोकन बाँड्ने गरेको छ । त्योबाहेक टाढाबाट आएको जाममा परेको वा तुरुन्त अनुमतिपत्र चाहिने सेवाग्राहीलाई टोकन नभए पनि अवस्था हेरेर सेवा दिइने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार