Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • ट्रायल सेन्टरको ठेक्कामा प्रदेशमन्त्रीदेखि प्रधानमन्त्रीका पिएसम्म सक्रिय

    ट्रायल सेन्टरको ठेक्कामा प्रदेशमन्त्रीदेखि प्रधानमन्त्रीका पिएसम्म सक्रिय

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 2.5K
    SHARES

    काठमाडौं । यातायात व्यवस्था कार्यालय, ठूलो भर्‍याङले सवारी चालक अनुमपतिपत्र(लाइसेन्स)को प्रयोगात्मक परीक्षाका लागि ट्रायल सेन्टर छनोटको प्रक्रिया अघि बढाएकोमा प्रदेशमन्त्रीदेखि प्रधानमन्त्रीका पिएसम्मले टेण्डरमा चासो राखेका छन् ।

    छनोट हुने ड्राइभिङ सेन्टरले महिनामै लाखौं आम्दानी गर्ने भएकाले यसमा शक्तिकेन्द्रहरू नै लागेका हुन् । सोमबारदेखि बोलपत्रको मूल्याङकन सुरु भएको छ । टेण्डरमा ११ वटा ड्राइभिङ सेन्टर सहभागी छन् ।



    सोमबार बोलपत्र खोलेर प्राविधिक मूल्याङकन सुरु भएको छ । धेरै कम्पनीलाई प्राविधिक मूल्याङकनमै फाल्न यातायात कार्यालयमा चलखेल सुरु भइसकेको छ । त्यसका लागि हालै नयाँ कार्यविधि समेत बनाइएको थियो ।



    यातायात कार्यालयले प्रति ट्रायल दुई सय ३८ रुपैयाँका दररेट तोकी त्यसमा घटाघटमा टेण्डर आह्वान गरेको थियो । प्राविधिक मुल्याङकनमा धेरैलाई फालेर १–२ वटा कम्पनीबीच मात्र प्रतिस्पर्धा हुने गरी ‘सेटिङ’ मिलाएर उच्च दरमा टेण्डर दिन लागिएको हो । जसको भार सर्वसाधरणले भोग्नुपर्ने हुन्छ ।

    हाल गुर्जुधारास्थित भेहिकल एकेडेमीले यातायात व्यवस्था कार्यालय, ठूलोभञ्र्याङको ट्रायल सञ्चालन गर्दै आएको छ । दुई वर्षअघिदेखि बिना प्रतिस्पर्धा उसले यो ठेक्काबाट करोडौं कमाइसकेको छ । गत वर्ष प्रतिस्पर्धा नै नगरी उसैलाई एक वर्ष थप गरिदिएको थियो । यही ड्राइभिङ इन्स्टिच्यूटका सञ्चालक धादिङका माधव अधिकारी नयाँ टेण्डर पनि हात पार्ने दाउमा छन् ।

    यसका लागि उनले प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्सालसँग सेटिङ मिलाइसकेको स्रोत बताउँछ । अर्काे एक समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पिएसमार्फत टेण्डर हात पार्ने दाउमा लागेका छन् । सोही टेण्डरका लागि हालै मात्र यातायात कार्यालय, ठूलोभञ्र्याङका हाकिम नै हेरफेर गरिएको थियो । संजय थापालाई हटाएर विमल भट्टराईलाई त्यहाँ लगिएको छ । धेरै शक्तिकेन्द्रबाट दबाब आउन थालेपछि भट्टराई पनि तनावमा परेका छन् ।

    छनोट हुने ड्राइभिङ इन्स्टिच्युटले एकातर्फ ट्रायलको शुल्कबाटै पैसा उठाउँछ भने अर्काेतर्फ परीक्षार्थीहरु त्यही सिक्ने जाने भएकाले चर्काे शुल्क राखेर लुट मच्चाउने गरेका छन् । सोही कारण अहिले टेण्डरमा उच्च तहमा चलखेल भएको हो । टेण्डर हात पार्ने ड्राइभिङ सेन्टरले महिनामै करिब ५० लाख कमाउने गरेका छन् । जसकारण टेण्डरको ठेक्कामा अत्याधिक चलखेल भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार