Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • फागुन मसान्तभित्र मोटरसाइकलको कर बुझाए पाँच वर्षसम्मको जरिवाना छुट

    फागुन मसान्तभित्र मोटरसाइकलको कर बुझाए पाँच वर्षसम्मको जरिवाना छुट

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 627
    SHARES

    काठमाडौं । लामो समयदेखि मोटरसाइकलको कर तिर्न बाँकी रहेका सवारी धनीका लागि यातायात व्यवस्था कार्यालय मोटरसाइकल, काठमाडौंले पाँच वर्षको जरिवाना छुट दिने भएको छ ।

    बिहीबार एक सूचना प्रकाशित गरि यस्तो जानकारी दिएको हो ।



    आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५–७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले यही २०७९ फागुन मसान्तभित्र कर बुझाएमा जरिवाना छुट दिने भएको हो ।



    यस्तै ट्राफिक कारबाहीमा परेका सवारी साधनहरु पनि चालू आवसम्मको कर नवीकरण गरी विधिवत लगतकट्टा गर्न पनि अनुरोध गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार