Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • यातायात कार्यालय इटहरीबाट सेवाग्राही ठगेको आरोपमा २२ जना पक्राउ

    यातायात कार्यालय इटहरीबाट सेवाग्राही ठगेको आरोपमा २२ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    सुनसरी । इटहरीस्थित यातायात व्यवस्था कार्यालय कोशीबाट सेवाग्राही ठगेको आरोपमा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ । इटहरीस्थित हलगढामा रहेको यातायात व्यवस्था सेवा कार्यालयमा बुधबार दिउँसो प्रहरीले छापा मारेको हो ।

    इलाका प्रहरी कार्यलय इटहरीका अनुसार यातायात कार्यालयमा सेवा लिन आउने ग्राहकसँग बढी पैसा असुल्ने र कार्यालयका महत्वपूर्ण कागजात लेखापढी सेन्टरको सटरमा पुर्‍याएर मिलेमतो गरी गलत कार्य गर्ने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।



    पक्राउ पर्नेमा एक करारका कर्मचारीसहित कार्यालय परिसरमा सञ्चालित विभिन्न लेखापढी सेन्टरका व्यक्तिहरु रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । यस्तैै बजाज, होन्डा, यमाहा, भेस्वा ब्रान्डका मोटरसाइकल कम्पनीका कर्मचारीसमेत पक्राउ परेका छन् ।



    उनीहरुको साथबाट यातायात कार्यालयको १५ वटा ढड्डा, २३ वटा ब्लुबुक, १५ वटा फाइल र विभिन्न छापहरु पनि प्रहरीले बरामद गरेको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार