Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सेवाग्राहीलाई हैरानी दिने १३ विचौलिया र नक्कली परीक्षार्थी पक्राउ

    सेवाग्राहीलाई हैरानी दिने १३ विचौलिया र नक्कली परीक्षार्थी पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 879
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौंका यातायात व्यवस्था कार्यालयहरुबाट १३ जना विचौलियाहरू र २ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् ।

    सोमवार काठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।



    उनीहरूले विभिन्न यातायात कार्यालयहरूमा सेवाग्राहीहरूलाई सहजीकरण गरिदिन्छौँ, छिटो छरितो रूपमा काम गरिदिन्छौँ, नपुगेका कागजातहरू पुर्‍याइदिन्छौँ भनी प्रलोभनमा पारी हैरानी दिने गरेका थिए ।



    यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुर, ठूलोभर्‍याङ र चाबहिलबाट १३ जनालाई तथा भक्तपुरस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) राधे राधे, भक्तपुरबाट २ जनालाई नियन्त्रणमा लिइएको हो ।

    भक्तपुरबाट अर्कैको नाममा मेडिकल परीक्षा दिन आएका तथा परीक्षा दिन पठाउने २ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार