Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विमानस्थलमा जफत गरिएका मोबाइल र मदिराबाटै पौने ३ करोड राजस्व संकलन

    विमानस्थलमा जफत गरिएका मोबाइल र मदिराबाटै पौने ३ करोड राजस्व संकलन

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 513
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले विदेशबाट फर्किएका यात्रुसँग जफत गरिएका मोबाइल फोन र मदिरासहित करिब चार करोड रूपैयाँ बराबरका सामान लिलाम गरेको छ ।

    कार्यालयले चालु आर्थिक वर्षको हालसम्म मोबाइल, मदिरा, सवारी साधन, कपडा, खाद्यपदार्थ तथा इलेक्ट्रोनिक सामान लिलाम बिक्रीबाट ३ करोड ८९ लाख ८१ हजार ५ सय ५७ रूपैयाँ राजस्व संकलन गरेको हो । यसमध्ये मोबाइल र मदिराको हिस्सा नै पौने ३ करोड रूपैयाँ बराबर छ।



    भन्सार कार्यालयका अनुसार ३३२ थान मोबाइल लिलाम बिक्रीबाट १ करोड ७३ लाख २६ हजार ७ सय ४ रूपैयाँ राजस्व प्राप्त भएको भन्सार कार्यालयले जनाएको छ। यी सबै मोबाइल विदेशबाट फर्किने यात्रुसँग जफत गरिएका हुन्।



    त्यस्तै, २ हजार ५ सय ५ थान मदिरा लिलामबाट कार्यालयले १ करोड ५ लाख ८६ हजार ६ सय ९७ बराबर राजस्व संकलन भएको जनाएको छ।

    सवारीसाधन, कपडा, खाद्य पदार्थ, इलेक्ट्रोनिक लगायत मालवस्तु लिलाम बिक्रीबाट १ करोड १० लाख ६८ हजार १ सय ५६ रूपैयाँ संकलन भएको विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत नारद पोखरेलले जानकारी दिए।

    कानुनअनुसार हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै एक व्यक्तिले एउटाभन्दा बढी थान मोबाइल तथा एक बोतलभन्दा बढी मदिरा ल्याउन पाइँदैन। कानुनले तोकेभन्दा बढी संख्यामा ल्याइएका सामग्री भए आर्थिक ऐनबमोजिम भन्सार महसुल तिर्नुपर्ने हुन्छ।

    कार्यालयले स्वदेशी तथा विदेशीबाट जफत गरिएको एप्पल कम्पनीका आइफोन, सामसङ लगायत महँगा मोबाइल फोन तथा मदिरा बिक्री गर्दै आएको छ। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार