Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • टिपरले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    टिपरले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 498
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाको इन्द्रायणीमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

    बुधबार साँझ शाँखुबाट जोरपाटीतर्फ आइरहेको बा ५ ख २२१४ नम्बरको टिपरले बिपरित दिशातर्फ गइरहेका बा ९४ प ४४९८ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।



    मृत्यु हुनेमा शाँखुका पवनलाल श्रेष्ठ र हरि खड्का रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा पुनम श्रेष्ठ गम्भीर घाइते भएकी छन् ।



    दुर्घटनास्थलमा स्थानीयले टायर बालेर सडक अबरुद्ध गरेका छन् भने टिपरमा समेत आगजनी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार