Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रभु साह पनि सत्ता साझेदार दलको बैठकमा सहभागी

    प्रभु साह पनि सत्ता साझेदार दलको बैठकमा सहभागी

    अनलाइन नेपाल
  • शनिबार, २७ फाल्गुन २०७९
  • 576
    SHARES

    काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकमा प्रभु शाह पनि सहभागी भएका छन् ।

    आम जनता पार्टीका अध्यक्षसमेत रहेका साह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपस्थित भएका हुन् ।



    २०७९ साल मङ्सिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका साह निर्वाचित भएका थिए । उनले निर्वाचित भएपछि नयाँ पार्टीको नाम आम जनता पार्टी राखी निर्वाचन आयोगमा दर्ता गराएका थिए ।



    शाह अध्यक्ष रहेको आम जनता पार्टी थपिएपछि १० दलीय गठबन्धन बनेको हो । उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन गठबन्धनको बैठक बसिरहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार