Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • लोसपा, जनमत र नागरिक उन्मुक्तिबीच कार्यगत एकता गर्ने सहमति

    लोसपा, जनमत र नागरिक उन्मुक्तिबीच कार्यगत एकता गर्ने सहमति

    अनलाइन नेपाल
  • शनिबार, २७ फाल्गुन २०७९
  • 579
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति भएको छ ।

    तीन पार्टीबीच आपसी समझदारीको आधारमा सहकार्य गर्दै कार्यगत एकताको निम्ति शनिबार सहमति भएको हो ।



    सहमति पत्रमा जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर र उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठको हस्ताक्षर रहेको छ । यसअघि पनि जनमत र रेशम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।



    नागरिकता ऐन जारी, राजबन्दीको मुद्दा फिर्ता, पूर्वसहमति कार्यान्वयन र उपराष्ट्रपतिमा हाम्रो पार्टीको उम्मेदवार सघाउने गरी कार्यगत एकताको सहमति भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार