Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जनमत पार्टीले नाराबाजी गरेपछि मधेश प्रदेशसभाको बैठक स्थगित

    जनमत पार्टीले नाराबाजी गरेपछि मधेश प्रदेशसभाको बैठक स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 264
    SHARES

    वीरगन्ज । जनमत पार्टीले अवरोध गरेपछि मधेश प्रदेश सभाको बैठक १० मिनेट स्थगित भएको छ ।

    विश्वासको मत लिनका लागि सुरु गरिएको सदनको बैठक जनमत पार्टीले विरोध गरेपछि १० मिनेटको लागि बैठक स्थगित गरिएको हो ।



    जनमतले गरेको विरोधमा कांग्रेसले साथ दिएपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटको सदनको बैठक स्थगित गरेको सूचना दिएका थिए ।



    राजविराजको कृषि विश्वविद्यालयमा भएको घटनाको लागि छानबिन गठनको माग गर्दै विरोध जनाएपछि सभामुख मण्डलले सदनको बैठक स्थगित गरेको जानकारी दिएका थिए।

    आज मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बोलाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार