Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जनमत, जप्रपा र तमलोपाबीच सातबुँदे सहमतिसहित सहकार्यको घोषणा

    जनमत, जप्रपा र तमलोपाबीच सातबुँदे सहमतिसहित सहकार्यको घोषणा

    अनलाइन नेपाल
  • आइतबार, २७ फाल्गुन २०८०
  • 711
    SHARES

    काठमाडौं । जनमत पार्टी, जनता प्रगतिशील पार्टी (जप्रपा) र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले सहकार्य गर्ने समझदारी गरेका छन् ।

    जनमतका अध्यक्ष डा. सीके राउत, जप्रपाका अध्यक्ष हृदयेश त्रिपाठी र तमलोपा अध्यक्ष वृशेषचन्द्र लालले सहकार्य पत्रमा आइतबार हस्ताक्षर गरेका हुन् ।



    उनीहरुले सातबुँदे सहमति पत्रमा समेत हस्ताक्षर गरेका छन् ।



    सहमतिअनुसार उत्पादनमुखी अर्थतन्त्र स्थापित गरी राष्ट्रिय पुँजी निर्माण गर्ने‚ देशको कृषि उत्पादनमा वृद्धि तथा किसानको हितमा क्रियाशिल रहने र उद्योगधन्दा तथा कलकारखानाहरू स्थापित गर्दै रोजगारी सिर्जना गर्ने लगायत सहमति भएको जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ‌।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार