Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ‘प्रचण्ड’ सरकारबाट तत्काल मन्त्री फिर्ता नबोलाउने जनमतको निर्णय

    ‘प्रचण्ड’ सरकारबाट तत्काल मन्त्री फिर्ता नबोलाउने जनमतको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, २१ माघ २०८०
  • 483
    SHARES

    काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले संघीय सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको छ ।

    जनमत पार्टीको केन्द्रीय कार्यालय मध्य बानेश्वरमा आइतवार बसेको सचिवालय बैठकले ​तत्काल संघीय सरकारबाट नबाहिरिने निर्णय गरेको हो ।



    मधेश प्रदेशमा सरकारबाट बाहिरिएपछि संघीय सरकारबाट पनि मन्त्री फिर्ता बोलाउने भन्ने विषयमा आशंका उत्पन्न रहेको बेला अहिले मन्त्री फिर्ता नबोलाउने निर्णय भएको हो ।



    जनमतबाट अनितादेवी साह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छिन् । जनमतले जनताको कामलाई सशक्त रुपमा उठाउने भएको छ ।

    बैठकमा अध्यक्ष सीके राउतले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । पार्टीले आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राजधानीमा वृहत् आमसभा गर्ने पनि निर्णय गरेको बताइएको छ । यसअघि मधेश सरकारबाट जनमत बाहिरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार