Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उपराष्ट्रपति चयनका लागि मतदान सुरु

    उपराष्ट्रपति चयनका लागि मतदान सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 519
    SHARES

    काठमाडौं। उपराष्ट्रपति चयनका लागि संसद भवनस्थित ल्होत्से हलमा मतदान सुरु भएको छ ।

    संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेबाट मतदान सुरू भएको हो। मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म चल्नेछ ।



    निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका रामसहाय यादव र नेकपा एमालेबाट उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्य मतदान स्थलमा पुगिसकेका छन् ।



    उपराष्ट्रपति पदमा नेकपा एमालेबाट शाक्य, सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा जनता समाजवादी पार्टी, नेपालबाट यादव, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी, नेपालबाट नै प्रमिलाकुमारी उपराष्ट्रपति पदको उम्मेदवार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार