Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपतिलाई बुझाइँदै

    उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपतिलाई बुझाइँदै

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 420
    SHARES

    फाइल तस्विर

    काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको सम्पूर्ण प्रतिवेदन आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ ।

    राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।



    उपराष्ट्रपतिको निर्वाचन गत चैत ३ गते सम्पन्न भएको थियो ।



    शुक्रबार सम्पन्न निर्वाचनबाट ३० हजार ३२८ मतभार प्राप्त गरी उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार