Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सकियो उपराष्ट्रपति निर्वाचनको मतदान, गणना साढे ३ बजेबाट

    सकियो उपराष्ट्रपति निर्वाचनको मतदान, गणना साढे ३ बजेबाट

    ५३ सांसदले हालेनन् भोट

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 546
    SHARES

    काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । बिहान १० बजेदेखि शुरू भएको मतदान ३ बजे सम्मपन्न भएको हो ।

    संघीय तथा प्रदेशसभाका सांसद गरी कुल ८ सय २९ मत खसेको छ । प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका ३ सय ११ र प्रदेशसभातर्फ ५ सय १८ सांसदले मतदान गरे ।



    नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको मतदानमा संघीय संसदतर्फका ३ सय ३२ र प्रदेशसभामाका ५ सय ५० सांसद मतदाता रहेका थिए ।



    उपराष्ट्रपति पदको निर्वाचनमा ५३ जना सांसदले मतदान गरेनन् । २१ संघीय सांसद र ३२ प्रदेश सांसदले उपराष्ट्रपतिको निर्वाचनमा मतदान नगरेका हुन् ।

    मतदानको साढे ३ बजेबाट मतगणना सुरु हुनेछ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ ।

    उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनतर्फ जसपाका रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमतकी ममता झा प्रतिस्पर्धामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार