Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उपराष्ट्रपति निर्वाचन : बिहान ११:४५ बजेसम्म खस्यो ४०९ मत

    उपराष्ट्रपति निर्वाचन : बिहान ११:४५ बजेसम्म खस्यो ४०९ मत

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 510
    SHARES

    काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ः४५ बजेसम्मको मतदानमा ४ सय ९ मत खसेको छ ।

    सङ्घीय संसद् नयाँबानेश्वरमा सुरु भएको मतदानमा सङ्घतर्फ १५८ र प्रदेशतर्फ २ सय ५८ मत खसेको हो ।



    उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान जारी छ ।



    निर्वाचनमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् ।

    अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार