Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उपराष्ट्रपति चुनावमा किरियापुत्री बरालले गरे मतदान

    उपराष्ट्रपति चुनावमा किरियापुत्री बरालले गरे मतदान

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 504
    SHARES

    काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा मतदान गर्नका लागि बुवाको किरिया बसेका प्रदेश सांसद संसद भवन पुगेका छन्।

    गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२ )का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गरेका हुन्।



    सांसद बरालका बुवा लोकराज बरालको गत फागुन २६ गते निधन भएको थियो।



    बरालले आज बिहान पोखराबाट हवाई जहाजमा यहाँ आएर मतदान गरेका हुन् ।

    उनी आजै दिउँसो पोखरा फर्कँदै छन् । नयाँ उपराष्ट्रपतिका लागि बिहान १० बजेबाट मतदान जारी छ।

    दिउँसो ३ बजेसम्म हुने मतदानमा सहभागी हुन अन्य सांसदहरू पनि सहभागी हुने क्रम जारी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार