Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • गोकुल बाँस्कोटाको टिप्पणी – वामपन्थी उपियाँहरू फड्किँदा कम्युनिष्ट आन्दोलन कमजोर भयो

    गोकुल बाँस्कोटाको टिप्पणी – वामपन्थी उपियाँहरू फड्किँदा कम्युनिष्ट आन्दोलन कमजोर भयो

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 405
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले वामपन्थी उपियाँहरू फड्किँदा कम्युनिष्ट आन्दोलन कमजोर भएको बताएका छन् ।

    शुक्रबार उपराष्ट्रपतिका लागि मतदान गरेपछि नेता बाँस्कोटाले यस्तो बताएका हुन् । उनले एमाले सत्ताबाहिर रहे पनि ५ वर्षअघिको कांग्रेसभन्दा दोब्बर रहेको दाबी गरे ।



    बाँस्कोटाले भने, ‘५ वर्ष पहिले कांग्रेस कहाँ थियो । वामपन्थी कहाँ थिए, वामपन्थी उपियाँ फड्के, एमाले कमजोर कहाँ देखिए होला। तर ५ वर्ष अगाडिको कांग्रेसभन्दा त दोब्बर छ।’



    पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालहरूप्रति कटाक्ष गर्दै उनले वामपन्थी उपियाँ फड्किएको टिप्पणी गरे।

    अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिका लागि योग्य भए पनि पार्टीबाट डामिएका मतदाताका कारण उनको जीतको सुनिश्चितता गर्न नसकिएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार