Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • प्रधानसेनापति शर्माद्वारा दर्ज्यानी चिन्ह प्रदान

    प्रधानसेनापति शर्माद्वारा दर्ज्यानी चिन्ह प्रदान

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 555
    SHARES

    काठमाडौं । नेपाली सेनामा साधारण सेवातर्फमा रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुवेदार/सुवेदारहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच शुक्रबार प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



    सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमा पदपूर्ती गर्दा ७० प्रतिशत खुल्ला, २० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत बढुवाद्वारा पदपूर्ती गर्नुपर्ने व्यवस्था अनुरुप बढुवा भएका ३३ जना मध्ये शान्ति सेनामा खटिएका बाहेक २७ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।



    कार्यक्रममा बलाधिकृत रथी सरोज प्रताप राणा, बलाध्यक्ष रथी सीताराम खड्का, रथीवृन्द, अधिकृतहरुका साथै बढुवा भएका अधिकृतहरुको परिवारजनको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार