Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्री कप थ्री नेसन्स कप आजदेखि, नेपाल र लाओस खेल्दै

    प्रधानमन्त्री कप थ्री नेसन्स कप आजदेखि, नेपाल र लाओस खेल्दै

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 678
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप थ्री नेशन्स फुटबल बुधबारदेखि काठमाडौंमा सुरू हुँदैछ । चैत १८ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, लाओस र भुटान सहभागि छन् ।

    प्रतियोगिताको उद्घाटन खेलमा बुधबार नेपाल र लाओस भिड्नेछन् । यो खेल साँझ ५ बजेबाट सुरु हुनेछ । घरेलु मैदानमा नेपाल लाओसविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रनेछ ।



    लाओस पनि जित निकाल्ने योजनासहित मैदान उत्रनेछ । नेपालले सन् २०१६ पछि पहिलोपटक लाओससँग खेल्न लागेको हो ।



    प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार