Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपालले जित्यो प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधि

    नेपालले जित्यो प्रधानमन्त्री थ्री नेशन्स कपको उपाधि

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 498
    SHARES

    काठमाडौं । लाओसलाई हराउँदै नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि हात पारेको छ ।

    त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा लाओसलाई २–१ गोलले हराउँदै नेपालले उपाधि जितेको हो । खेलमा १ गोलले पछाडि परेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेको थियो ।



    खेलको १७ औँ मिनेटमा लाओसका फोन्साक सिसाभाथले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको २४ अ‍ौँ मिनेटमा आयुष घलानले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याउँदा पहिलो हाफ बराबरीमा सकिएको थियो ।



    खेलको ८७ औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई २–१ गोलले जिताएका हुन् । उपाधिसँगै नेपालले ५ हजार डलर प्राप्त गरेको छ। उपविजेता लाओसले ३ हजार डलर प्राप्त गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार