Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • भुटानसँग बराबरी खेल्दै नेपाल थ्री नेसन्स कपको फाइनलमा

    भुटानसँग बराबरी खेल्दै नेपाल थ्री नेसन्स कपको फाइनलमा

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 486
    SHARES

    काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत मंगलबार भएको खेलमा नेपालले अन्तिम समयमा भुटानविरुद्ध गोल फर्काएको छ ।

    काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानविरूद्ध गोल फर्काएको हो । दिपक राज सिंह ठकुरीले ८९ औँ मिनेटमा गोल गरेसँगै नेपालले थ्री नेशन्स कपको फाइनल यात्रा पक्का गरेको छ ।



    भुटानले नेपालविरुद्ध लगातार १३ खेलको पराजयपछि नेपाली भूमिमै जित निकाल्ने योजना पनि तुहिएको छ।



    दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले खेलको २० औँ मिनेटमा गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । अब नेपालले फाइनलमा आउँदो शुक्रवार लाओससँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार