Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपाली फुटबल टिमलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले भने – आवश्यक सहयोग गर्न प्रतिवद्ध छु

    नेपाली फुटबल टिमलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले भने – आवश्यक सहयोग गर्न प्रतिवद्ध छु

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 429
    SHARES

    काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको नेपाली फुटबल टिमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन् ।

    शुक्रबार साँझ त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा लाओसलाई २–१ गोलले हराउँदै नेपालले उपाधि जितेपछि प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।



    साथै उनले नेपाल सरकारको तर्फबाट आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गरे ।



    उनले लेखेका छन् ‘तेस्रो प्रधानमन्त्री कप फुटबल प्रतियोगितामा विजयी नेपाली खेलाडीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु । फुटबलमार्फत् राष्ट्रको पहिचान र गरिमा उच्च बनाउन खेल्नुभएको भूमिकाप्रति उच्च सम्मान प्रकट गर्दै नेपाल सरकारको तर्फबाट आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गर्दछु ।’

    उपाधिसँगै नेपालले ५ हजार डलर प्राप्त गरेको छ। उपविजेता लाओसले ३ हजार डलर प्राप्त गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार