Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • थ्री नेसन्स प्रधानमन्त्री कप : लाओसमाथि नेपालको सानदार जित

    थ्री नेसन्स प्रधानमन्त्री कप : लाओसमाथि नेपालको सानदार जित

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 585
    SHARES

    काठमाडौं । थ्री नेसन्स प्रधानमन्त्री कपमा नेपालले लाओसलाई पराजित गरेको छ । आज बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपालले लाओसलाई २–० गोलले पराजित गरेको हो ।

    खेलको पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा अर्को गोल थप्यो । नेपालका लागि अनन्त तामाङले खेलको ३० औँ र नवयुग श्रेष्ठले खेलको ५५ औँ मिनेटमा गोल गरे । आजको खेलमा अनन्त तामाङ म्यान अफ द म्याच घोषित भए।



    आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले अर्को खेल चैत १४ गते भुटानसँग खेल्नेछ । सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।



    विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार