Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • टोपबहादुर रायमाझी भन्छन् – वामपन्थी र पुँजीवादबीचको लडाइँ सुरु भयो

    टोपबहादुर रायमाझी भन्छन् – वामपन्थी र पुँजीवादबीचको लडाइँ सुरु भयो

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 420
    SHARES

    उदयपुर । नेकपा एमाले सचिव टोपबहादुर रायमाझीले मुलुकमा वामपन्थी र पूँजीवादबीचको लडाईँ सुरु भएको बताएका छन् ।

    मिसन ग्रासरुट अभियान अन्तरगत उदयपुर सदरमुकाम गाईघाटमा संघीय निर्वाचन क्षेत्र १ स्तरीय चौथो विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता रायमाझीले उक्त कुरा बताएका हुन् ।



    नेता रायमाझीले बामपन्थी शक्ति र सामाजबादको नेतृत्व एमाले गरेको छ भने पुँजीबादको नेतृत्व कांग्रेस लगायतका १० दलिय गठबन्धनले गरेको ठोकुवा गरे ।



    उनले विकास र समृद्धिका लागि राजनीतिक अस्थिरता प्रमुख समस्याकोरूपमा देखिएको रहेकाले स्थायी सरकारका लागि मिसन ग्रासरुटले ठुलो भुमिका निर्वाह गर्ने बताए।

    ‘विकास र समृद्धिका लागि बलियो राजनीतिक शक्तिको आवश्यकता देखिएको छ,’ सचिव रायमाझीले भने, ‘एमाले बलियो भएमात्र समृद्धि र विकासको सपना पूरा हुन्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार