Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • धनुषामा दुई ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु, एक घाइते

    धनुषामा दुई ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु, एक घाइते

    अनलाइन नेपाल
  • शनिबार, ११ चैत्र २०७९
  • 492
    SHARES

    फाइल तस्विर

    धनुषा । धनुषामा दुई ट्रक एकापसमा ठोक्किंदा तीनजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

    शनिबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १. ०१–००१ख. ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिएर दुर्घटना भएको हो ।



    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुर्घटनामा परेर ना.६ ख ६५७८ नम्बरको ट्रकमा सवार २ जना र प्रदेश १. ०१-००१ख. ९२९२ नम्बरको ट्रकमा सवार एकजना गरी तीन जनाको मृत्यु भएको हो ।



    यस्तै प्रदेश १. ०१-००१ख. ९२९२ नम्बरको ट्रकमा सवार अर्का एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरुको पहिचान खुलेको छैन् । घाइतेको ढल्केवर हस्पिटलमा उपचार भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार