Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धनको बैठक बस्दै

    मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धनको बैठक बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 483
    SHARES

    काठमाडौं । सत्तारुढ दलको बैठक आज बस्दै छ । मन्त्रिपरिषद् विस्तारबारे निर्णय गगर्न अपरान्ह ४ बजे बैठक बस्न लागेको हो ।

    सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटवार्तामा मंगलबार गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको हो ।



    शीर्ष तीन नेताको भेटमा आज अपराह्न ४ बजे गठबन्धनको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए।



    गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुनेछ। दलहरुबीच मन्त्रालय भागबन्डाको कुरा नमिल्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार