Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यो वर्ष पाठ्यपुस्तक अभाव नहुने

    यो वर्ष पाठ्यपुस्तक अभाव नहुने

    अनलाइन नेपाल
  • मंगलबार, १४ चैत्र २०७९
  • 399
    SHARES

    काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कक्षा ६ देखि १० सम्मका ९० प्रतिशत पाठ्यपुस्तक अर्थात् १ करोड ३५ लाख थान पाठ्यपुस्तक छपाइ पूरा गरेको छ ।

    सरकारले केन्द्रलाई जिम्मा दिएको ६ देखि १० सम्मको करिब १ करोड ५० लाख थान पाठ्य पुस्तकमध्ये आइतबारसम्म १ करोड ३५ लाख थान पाठ्यपुस्तक छपाइ पूरा गरेको हो ।



    केन्द्रले चैत १५ गतेभित्र ७ वटै प्रदेश कार्यालय र नेपालगञ्जमा रहेको प्रादेशिक प्रेस कार्यालयमा पुस्तक ढुवानी गरी एक साताभित्र अर्थात् २० गतेबाट बिक्री खुला गर्ने भएको छ ।



    केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले चैत मसान्तभित्र सबै पाठ्यपुस्तक छपाइ पूरा गरी वैशाख १५ गतेसम्म सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याइने जानकारी दिए । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार